शुक्रवार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भर्चुअल रूपमा हुम्लाको सदरमुकाम सिमकोटमा एनटी फाइबर सेवा उपलब्ध गराएर यो सेवा उद्घाटन गरेसँगै नेपालका ७७ ओटै जिल्लामा एनटी फाइबर सेवा विस्तार भएको छ ।
सो अवसरमा मन्त्री गुरुङले डिजिटल नेपाल बनाउने अभियानमा सरकार लागेको र नेपालका सबै स्थानीय निकायका कार्यालयसम्म दूरसञ्चार सेवा पु¥याउने कार्यका लागि नेपाल टेलिकमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
सञ्चार मन्त्रालयकी सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिकी राधिका अर्यालले टेलिकम र सरकारका लागि यो महत्वपूर्ण दिन भएको बताउँदै आगामी दिनमा समेत सेवालाई अझै प्रभावकारी बनाउन सबैको सहयोगको अपेक्षा राखिन्

एनटी फाइबर सेवामार्फत उच्च गुणस्तरीय इन्टरनेट, टेलिफोन र टेलिभिजन सुविधा उपलब्ध हुने कम्पनीको भनाइ छ।