म्याकरुमर्सको रिपोर्टअनुसार एप्पलले स्ट्याण्डर्ड, प्लस, प्रो, र प्रो म्याक्स भेरियन्टहरू सहित सबै चार आईफोन १६ सिरिज डिभाइसहरूमा एक्सन बटन प्रस्तुत गर्नेछ। साथै कम्पनीले थप फिचर थपेर बटनलाई अझै थप शक्तिशाली बनाउने काम पनि गरिरहेको उल्लेख छ। त्यसका साथै एप्पलले मेकानिकल स्विचको सट्टा बटनलाई क्यापेसिटिभ बनाउने उल्लेख गरेको छ।
