आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले भविष्यको टेक्नोलोजीमा ठूलो भूमिका खेल्ने देखिएको छ, जसको समाचार एक वर्ष पहिले ओपनएआईको च्याटजीपीटीले दिएको थियो। उक्त च्याटबोटले एआईको शक्तिलाई संसारमा उजागर गर्यो।
तर गुगल अब यस विषयमा एक कदम अगाडि बढेको कम्पनीको दाबी छ। गुगलले आफ्नो नयाँ एआई मोडल जेमिनी (Gemini AI) सार्वजनिक गरेको छ, जुन अहिलेसम्मको सबैभन्दा शक्तिशाली र सक्षम एआई मोडल हो।
